पर्वको नाममा ट्राफिक नियम उलंघन गर्ने १ सय ६ जना कारवाहीमा

सदरलाइन संवाददाता १ श्रावण २०८१, मंगलवार २०:०८
 

नेपालगञ्ज :  पर्वको बाहनामा सडक नियम उलंघन गर्ने, उच्छृङ्खल क्रियाकलाप गर्नेमाथि प्रहरीले निगरानी बढाउन थालेको छ । यतिबेला मोहरमको बाहानामा सवारी नियम उलंघन गरी सवारी साधन चलाउनेमाथि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले निगरानी समेत बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले पर्वको बाहानामा ट्राफिक नियम उलंघन गर्ने, समाजमा शान्ति सुरक्षा खलल पार्दै मोटरसाइकल र स्कुटर चलाउनेमाथि विशेष निगरानी गरेर ट्राफिक नियमको पालना गराइएको बताए ।

उनले मोहर्रम पर्वलाई लक्षित गरि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र त्योसँगै ड्रोन क्यामेरामार्फत् निगरानी भइरहेको जानकारी दिए ।

मोहर्रम पर्वको नाममा हेलमेट नलगाएर मोटरसाइकल चलाउने, तीन चार जना बसाल्नेलगायतलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।


उनका अनुसार गत तीन दिनको समयमा राती र दिनमा गरेर बढी सवारी बोक्ने, हेलमेट नलगाउने र होहल्ला गरी मोटरसाइकल चलाउने १०६ जनालाई रोकेर १०६ वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको बताए ।

उनले भने, ‘गएराती ४० वटा मात्र मोटरसाइकललाई नियन्त्रणमा लिएका छौँ; होल्ड गरिएका १०६ मध्ये ८८ जनाले ५ सयदेखी हजार रुपैयाँसम्मको जरिवाना तिरेर मोटरसाइकल लगिसकेका छन् । बाँकीले लग्नेक्रम जारी छ ।’

उनले मोहर्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउन आफुले सक्दो प्रयास गरेको बताए । उनले मोहर्रम पर्व मनाउन गठन भएका समिति तथा अगुवाहरुसँगै बसेर मोहर्रम पर्वलाई व्यवस्थित र मर्यादित बनाउने काम गरिरहेका पनि बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मुस्लिम समुदायको पर्व मोहर्रममा कुनैपनि प्रकारको उच्छृङखल व्यवहार नगर्न, घरेलु हतियार लिएर नहिँड्न तथा सदभाव बिथोल्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय एक्शनमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डिएसपी हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ, ठगिएका व्यक्ति सम्पर्कमा आउन प्रहरीको अपिल

१ श्रावण २०८१, मंगलवार २०:०८
नेपालगञ्ज : बाँकेमा आफुलाई सिआईविको डिएस्पी भनेर ठागी गर्दै हिड्ने व्यक्ति प्रहरी नियन्त्रणमा परेको छ । प्रहरी नियन्त्रणमा रहेको व्यक्ति दैलेख नारायण नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को नैन सिंह बिक रहेको बाँके प्रहरीले जनाएको छ । उनले विगत ३ महिनादेखि बकिका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सिआइबी. […]

सम्बन्धित