नेपालगञ्ज : आइतबार साँझ बाँकेको डुडुवा नदीमा डुवेर बेपत्ता भएका नेपालगञ्ज–२० राँझा विमानस्थल ४२ वर्षिय सुशीलप्रसाद दाहालको सशस्त्र प्रहरीको गोताखोरको टिमले खोजी रहेको छ ।
उनी हिजासाँझ साढे ५ बजे पौडि खेल्नेक्रममा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
उनी डुडुवामा डुवेर वेपत्ता भएको खबर प्राप्त हुने वित्तिकै सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेश राँझाबाट सशस्त्र प्रहरी निरिक्षक नवराज शाहीको कमाण्डमा ७ जनाको टोली खटिगई नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा खोजिकार्य भए पनि भेट्न नसकेपछि सोमबार खोताखोरसहितको टिमले खोजी सुरु गरेको सशस्त्र प्रहरी वल ३० नं. गणका गणपति तथा सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले जानकारी दिए ।