२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बाँके प्रहरीद्वारा भन्सार चोरी निकासीको सामान बरामद



नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट चोरी निकास गर्दै गर्दा नेपालगञ्ज उपमहानगर वडानं. १५ र १६ बाट दुईलाख बढीको सामान बरामद गरेको छ ।

बाँके प्रहरीले भन्सार छलेर अबैधबाटोबाट चोरी निकासी पैठारी गरी ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित अन्दाजी दुई लाख दश हजार बराबरको सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीले सो सामान बैशाख २ गते ल्याउदै गरेको अवस्थामा फेलापारी मानिस र सवारी साधनसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख ४ गते मंगलबार
ताजा समाचार