२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

विवादमा मुछिएका बाँकेसहित विभिन्न ७ जिल्लाका प्रहरी प्रमुख फेरिए



 

सदरलाइन डेस्क : बाँके सहित विभिन्न ७ जिल्लाका विवादित बनेका प्रहरी प्रमुखहरुलाई प्रहरी प्रधान कार्यालयले सरूवा गरेको छ ।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालाई पठाइएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो ।

यस्तै बाँकेको प्रहरी प्रमुखमा तुललबहादुर कार्कीलाई पठाइएको छ । बाँकेका तत्कालिन प्रहरी प्रमुख एस्पी सुवाष चन्द्र बोहरा तस्करसंग बढी नजिक भई साँठगाँठ गरेको समाचार बाहिरिएपछि समाचार नलेख्न भन्दै पत्रकारलाई धम्काएर विवादमा आएका थिए ।

यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको छ ।

यसैगरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ सरुवा सूची ः

प्रकाशित मिति : २०८० चैत २४ गते शनिबार
ताजा समाचार