२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

दाङमा बस ठोक्किदा १३ जना घाइते



दाङ : दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन । लमही नगरपालिका–३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

बुटवलबाट सुर्खेतका लागि गुडेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएका थिए । दुर्घटना दुबै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ । प्रहरीले आवश्यक अनुसंन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत २१ गते बुधबार
ताजा समाचार