श्रीमानले गरे धारिलो हतियारद्वारा श्रीमतीको हत्या

सदरलाइन संवाददाता १३ चैत्र २०८०, मंगलवार ११:००
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गर्ने श्रीमान प्रहरी नियन्त्रणमा परेका । कोहलपुर वडानं– १४ बस्दै आएका २२ वर्षिय अनिल बिकले आफ्नै २१ वर्षिया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरि हत्या गरको प्रहरीले जनाएको छ ।

बर्दियाको बाँसगढी घर भएका अनिल दम्पत्ति बाँकेको कोहलपुर–१४ पावर्तीपुरमा बस्दै आएकोमा सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको कोहलपुर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

गम्भीर घाइते भएकी सुशिलालाई नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरिक्षक भट्टराईले बताए ।

अनिल दम्पत्तिले पावर्तीपुर स्थित बागेश्वरी हिम पाइप उद्योगमा काम गर्दै आएका थिए । अनिलले मृतक सुशीलामाथि उद्योगको कामदार आवास क्षेत्रको कोठामा नै धारीलो हतियार प्रहार गरेको प्रहरी निरीक्षक भट्टराईले बताए । श्रीमतीको हत्या अभियोगमा अनिललाई प्रहरीले पक्राउ गरि अनुसंन्धान सुरु गरेको जनाएको छ ।


← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कानून, न्याय तथा मानवअधिकार समितिद्वारा कारागार र बालसुधार गृह अनुगमन

१३ चैत्र २०८०, मंगलवार ११:००
नेपालगञ्ज  : प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बाँकेमा रहेका कारागार र बालसुधार गृहको स्थलगत अनुगमन गरेको छ । सो टोलीले अनुगमन गरी बालसुधार गृह प्रशाशन, कारगार प्रशासन, कैदिबन्दी, बालविज्याईकर्ता लगायतसंग अन्तरक्रिया गरी अवस्था बुझेको थियो । कानून, न्याय तथा मानवअधिकार समितिका […]

सम्बन्धित