२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

लागुऔषधसहित बाँकेमा दम्पत्ति पक्राउ



नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा एक दम्पत्ति पक्राउ परेका छन् ।

कोहलपुर नगरपालिका–११ लोकनगरस्थित चिया पसलका सञ्चालक बाजुरा हिमाली गाउँपालिका–४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाही पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७ सय मिलिग्राम लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार
ताजा समाचार