२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

नेपालगञ्जमा विदाका दिन चलाइएका सरकारी सवारी साधन कब्जामा



नेपालगञ्ज : बिना प्रयोजन सार्वजनिक विदाका दिनसमेत चलाउने सरकारी सवारी साधन अनेरास्ववियु बाँकेले कब्जामा लिई त्यसको साँचो ट्राफिक प्रहरीलाई बुझाएको छ ।

अनेरास्ववियु बाँकेको नेतृत्वमा सडकमा खटिएका विद्यार्थीहरुले शनिवारको दिन सडकमा सञ्चालित सरकारी गाडी नियन्त्रमा लिँदै बिना प्रयोजन अबका दिनहरुमा नचलाउन चालकहरुलाई चेतावनी समेत दिएका छन् ।

१० वटा सरकारी नम्बर प्लेट भएका मोटरसाइकल र २ वटा गाडी नियन्त्रणमा लिँदै साँचो ट्राफिक प्रहरीलाई बुझाइएको अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकले बताए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य एवं बाँके इञ्चार्ज सुमन घिमिरेको नेतृत्वमा खटिएको टोलीले सार्वजनिक विदाका दिन चलाइएको सवारी साधन नियन्त्रणमा लिइएको छ भने अभियानलाई निरन्तरता दिने बताइएको छ ।

अनेरास्ववियुका प्रदेश सदस्य विकल भट्टराई, जिल्ला उपाध्यक्ष अमृत खत्री, जिल्ला सचिव विनय यादव लगायत अनेरास्ववियुका नेता कार्यकर्ताहरुले नेपालगञ्जका सडकमा शनिवारका दिन गाडी चलाएको भन्दै ती सवारी साधनको साँचो कब्जामा लिएर ट्राफिक प्रहरीलाई बुझाएको हो ।

प्रकाशित मिति : २०८० फागुन १२ गते शनिबार
ताजा समाचार