साईकल चोरीको आरोपमा वर्मा पक्राउ

सदरलाइन संवाददाता २९ पुष २०८०, आईतवार १७:३१
 

नेपालगञ्ज : विगत लामो समयदेखि नेपालगन्ज उपमहानगरपालिका भित्र चोरीका घटनाहरु दिनप्रतिदिन बढ्दै गएपछि बाँके प्रहरी सक्रिय रुपमा लागेपछि अहिले चोरहरु धमाधम पक्राउ परिरहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८, रानीतलाउ नजिकबाट साईकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपालगञ्जको वडा नम्बर ६ बस्ने ३९ वर्षीय राजेन्द्र वर्मालाई प्रहरीले पक्राउ गरेको छ ।


वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जङ्गली जनावरको उचित बासस्थान गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

२९ पुष २०८०, आईतवार १७:३१
बर्दिया : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव–जनावरबिचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताएका छन् । आइतबार बाँसगढी औद्योगिक व्यापार मेलाको उदघाटनका अवसरमा उनले निकुञ्ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा वर्षेनी वन्यजन्तुको वृद्धि भएको र जङ्गली पशुपन्छीहरू उचित बासस्थान […]