सदरलाइनडटकम,
१२साउन, काठमाण्डौ : अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसिसिको विभेदपूर्ण नीतिका कारण नेपाली क्रिकेट धारासायी भएको छ । नेपाल क्रिकेट संघमा राजनीतिक हस्तक्षेप भएको आरोप लगाउदै आईसिसिले निलम्बन गरेको छ ।
आईसिसि जस्तो क्रिकेटको विकासको लागि खोलिएको संस्थाले एकै प्रकृतिका घटनामा भने फरक–फरक नीति लिईनु राम्रो पक्ष नभएको क्रिकेट प्रेमी राप्रपाका केन्द्रीय सदस्य उज्ज्वल विक्रम थापा बताउछन ।
उनले आईसिसिले लिएको विभेदकारी नीतिका कारण नेपाली क्रिकेट प्रेमी युवाहरु आईसिसिका विरुद्ध आन्दोलन गर्ने तयारीमा रहेको बताए । उनले भने–‘यो विभेदको बिरुद्ध नेपाली क्रिकेटलाई मायागर्नेहरु एकजुट भएर आवाज उठाउन बाध्य छन् ।’
आईसिसिले नेपाल अघि श्रीलंकामा पनि संस्थामा बाह्य हस्तक्षेपको आरोप लगाउदै निलम्बन गरेको थियो । गत जुलाई १८ मा भारतको उच्च न्यायालयले भारतीय क्रिकेट बोर्ड बिसिसिआईका पदाधिकारी को हुने को नहुने लगायतका क्राईटएरीया तोकेर फैसला सुनाएको छ ।
सो फैसला आईसिसिको नीति नियम अन्तरगत बाह्य हस्तक्षेप नै हो । तर, पनि भारतको पक्षमा भने आईसिसिले मौनता साँध्नु अर्थपूर्ण तरिकाले हेरिएको छ । तस्बीर गुगल