बाँकेमा चार तारे होटलको संख्या थपियो

सदरलाइन संवाददाता ५ पुष २०८०, बिहीबार १४:१९
 

नेपालगञ्ज : बाँकेमा चारतारे होटलको संख्या थपिएको छ । सिद्धार्थ भ्यू र हाल परिवर्तन भएको र तत्कालिन अवस्थाको सिग्नेट चार तारे रहेकोमा अहिले तीनवटा थपिएका छन् ।

मुलुकमा आर्थिक मन्दीले व्यापार व्यवसाय सुस्ताउँदै गएका बेला पछिल्लो तीन वर्षमा २० तारे होटेल सञ्चालनमा आएका छन् । अर्बौँ लगानीमा पछिल्लो तीन वर्षमा चार पाँच चारे होटेल निर्माण भएका छन् । त्यसै अवधिमा १६ वटा चार तारे होटेलहरू पनि सञ्चालनमा आएका हुन् ।

नेपालगञ्जको होटेल स्टार, कल्पतरू होटेल, होटेल सिटी प्यालेसका रुपमा स्थापित छन् । जिल्लामा होटल सोल्टी र सेन्ट्रल प्लाजा पाँचतारेका रुपमा सञ्चालन भइरहेका छन् । जिल्लामा तारे होटल एकपछि अर्को गर्दै बढेपनि आर्थिक शिथिलताले सञ्चालनमा कठिनाई भइरहेको छ । कोभिड यता ती होटलले अपेक्षाकृत ग्राहक पाउन सकेका छैनन् ।

सामान्य होटेलमा भौतिक सेवा तथा सुविधा, गुणस्तरीय खाना, सफा कोठा, पार्किङ क्षमता लगायत अन्य सुविधा हुनुपर्ने मापदण्ड छ । यस्तै चार तारे वा सोभन्दा माथिल्लो स्तरको होटेलमा भने मौलिक नेपाली खानाका लागि छुट्टै रेस्टुरेन्टसहित विभिन्न देशका खानाको स्वाद दिनुपर्छ । साथै चार तारे भन्दा माथिल्ला स्तरका होटेलमा अनिवार्य स्विमिङ पुल अन्तर्राष्ट्रिय स्तरको ब्युटी सैलुन र सवारीसाधन पार्किङको क्षमता तोकिएको छ ।


काठमाडौँ उपत्यकाभित्र एकतारेमा २० वटा, दुई तारेमा ४०, तीन तारेमा ६०, चार तारेमा ८०, पाँचतारेमा सय वटा र पाँचतारे डिलक्स होटेलमा एक सय पचास वटा कोठा हुनुपर्ने प्रावधान छ ।

होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष भिमलाल कंडेल सरकारका नीति व्यवसायमुखी नहुँदा पनि निजी क्षेत्रको प्रयासले होटेल क्षेत्र विस्तार भइरहेको अवस्थामा अझ व्यवस्थित र उदार नीति भएको अवस्थामा होटेल क्षेत्रको झन् राम्रो भएर जाने बताए ।

पछिल्लो समयमा भारत र चीन बाहेक अमेरिकन, रसिया तथा युरोपियन मुलुकबाट आउने पर्यटकको संख्या पनि क्रमिक रूपमा बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा शुक्रवार स्क्रिनिङ शिविर गरिने

५ पुष २०८०, बिहीबार १४:१९
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाका नयाँ बिरामी खोजी गरिने भएको छ । ४० वर्षमाथिका नागरिकहरुलाई मधुमेह र उच्च रक्तचापको जोखिम बढी हुने चिकित्सकहरु बताउँछन् । यी नसर्ने रोग हुन् । नसर्ने रोगीको पहिचान गर्नका लागि राप्ती सोनारीका दुई वटा वडामा स्क्रिनिङ शिविर नै राखिएको छ […]

सम्बन्धित