‘भन्सार कर्मचारीको मिलेमतोमा राजश्व चुहावट’

सदरलाइन संवाददाता १ पुष २०८०, आईतवार १३:५२
 

नेपालगञ्ज : आयातकर्ता व्यापारी र नेपालगञ्ज भन्सार कर्मचारीको मिलेमतोमा राजश्व चुहावट हुने गरेको पाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार, भन्सारबाट पास भएका तर राजश्व चुहावटको आशंकामा बरामद गरिएको सामानको अनुसन्धान गर्दा त्यस्तो पुष्टि भएको हो ।

भन्सारबाट प्रज्ञापन पत्रभरी राजश्व समेत तिरेर गन्तव्य तर्फ प्रस्थान भएका सवारी साधनहरु मध्ये २०८० श्रावणदेखि हालसम्म “राजस्व चुहावट भएको भरपर्दो सूचनाको आधारमा” सशस्त्र प्रहरी बलले केही सामान गाडीसहित नियन्त्रण लिएरको थियो ।

पोखरेलले त्यसरी नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कोहलपुरमा बुझाएको घटनाहरुको बिवरण र त्यसमा राजस्व अनुसन्धानबाट भएको छानबिन पछि पुष्टि भएको चुहावटको आधारमा निर्धारण भएको जरिवाना रकमको बिवरण सार्वजनिक गरेको छन् ।


भन्सार तिरेको प्रमाण नभएको मालबस्तु जफत गरि भन्सारमा बुझाईन्छ तर भंसारमा राजस्व बुझाएको भए पनि मूल्य, परिमाण, बस्तुको प्रकृति हेराफेरी गरि राजस्व चुहावट भएको सूचना प्राप्त भएमा राजस्व अनुसन्धान बुझाईने कानूनी अभ्यास भएको उनले स्मरण गराए ।

भन्सार प्रक्रिया पूरा हुँदैमा अन्य नियामक निकायले छानबिन गर्न मिल्दैन भन्नू उपयुक्त नहुने पोखरेलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकको मृत्यु

१ पुष २०८०, आईतवार १३:५२
नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २६ को अनील कुमार थारुको मृत्यु भएको हो । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ कचनापुर चोक नजिकै भे १० प ३६१७ नम्बरको मोटरसाइकल शनिवार राती रुखमा ठोकिएर दुर्घटना भई […]