२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

शीत भण्डारको १५औँ साधारण सभा सम्पन्न



नेपालगञ्ज : बाँके क्षेत्र नं.१ का संघीय सांसद सुर्य ढकालले भेरी शीत भण्डार (कोल्डस्टोर) सञ्चालनले किसान तथा व्यवसायीहलाई सजिलो भएको बताएका छन् ।

सांसद ढकालले किसानले उत्पादन गरेको बस्तुको सुरक्षा गर्ने सजिलो माध्यम शित भण्डार भएको बताएका हुन् । ढकालले शित भण्डारको स्तर उन्नत गर्दै आम किसानहरुको उत्पादनलाई थप बृद्धि गर्न प्रोत्साहन गर्नसमेत आग्रह गरेका छन् ।

भेरी शित भण्डारको १५ औं साधाणर सभामा प्रमुख अतिथी ढकालले शित भण्डारको स्तर उन्नतका निम्ति आवश्यक बजेटको व्यवस्थापन गर्ने समेत उल्लेख गरेका छन् ।

ढकालले उत्पादनमा बृद्धि गर्ने किसाहरुलाई शित भण्डारले हौसला बढाउन आवश्यक कार्य योजना मार्फत प्रत्येक्ष किसानसँग जोडिन आग्रह समेत गरे ।

भेरी शित भण्डारले बाँके लगायत छिमेकी जिल्ला बर्दिया, दाङ तथा पहाडि जिल्ला जाजरकोट, सल्यानमा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्न उल्लेख्य भुमिका खेलिरहेको छ ।

शित भण्डारका अध्यक्ष बलराम भट्टराईको अध्यक्षतामा भएको साधारण सभामा लुम्बिनी प्रदेश पूर्व भुमि तथा कृषि सहकारी मन्त्री आरती पौडेल, सांसद रत्न खत्री विभिन्न राजनितिक दलका प्रतिनिधि संस्थाका शेयर सदस्य समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० मंसिर २९ गते शुक्रबार
ताजा समाचार