गैंडाको आक्रमणबाट बर्दियामा एकजना घाइते

सदरलाइन संवाददाता १६ मंसिर २०८०, शनिबार १४:३०
 

बर्दिया : खरखडाई गर्न गएका बर्दिया मधुवन नगरपालिका—३ का ७० वर्षीय पुरुषलाई गैंडाले आक्रमण गर्दा घाइते भएका छन् । खाता जैविक मार्गको गौरी सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा सोही ठाउककका गहुनु चौधरी गम्भीर घाइते भएको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए ।

गैंडाले चौधरीको शरीरको विभिन्न अंगमा प्रहार गरेको थियो । गैंडाको आक्रमणमा चौधरीको हात र पेटमा खागबाट आक्रमण भएको उनले जनाए । घाइते चौधरीलाई उपचारका लागि गुलरियास्थित जिल्ला अस्पतालमा ल्याएको थियो ।


उनको उपचार यहाँ हुन नसकेपछि कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा भइरहेको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको छ । उक्त घटना सदरमुकाम गुलरियादेखि करिब २५ किलोमिटर पश्चिममा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लापरबाहीका कारण दाङमा एचआईभी संक्रमित बढ्दै

१६ मंसिर २०८०, शनिबार १४:३०
दाङ : मानवीय लापरबाहीका कारण दाङमा पछिल्लो समय एचआइभी संक्रमण बढ्न थालेको छ । अघिल्ला तीन चार वर्षमा न्यूनीकरण हुन थालेको एचआईभी संक्रमितको संख्या पछिल्लो समय पुन ः बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयय दाङले जनाएको छ । दाङमा एचआईभी संक्रमितको संख्या ४ सय ५ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ […]