बाँकेमा गोली हानेर फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता १ मंसिर २०८०, शुक्रबार १३:१८
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ । प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् ।

प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए ।

बिहीवार बिहान कोहलपुरस्थित चप्परगौडीमा आकाश रानासहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भारतको लखनउ पठाइएको छ ।


खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रवार जानकी गाउँपालिका–४ स्थित खुर्द खजुरामा पुगेको हो । प्रहरीलाई देखेपछि आकाश राना भागेपछि गोली चलाएर नियन्त्रणमा लिएको एसपी बोहराले जानकारी दिए । रानाको दायाँ खुट्टामा गोली लागेको छ ।

कार्तिक २८ गते कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको आरोप छ । उनी लागुऔषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखि ०७९ सम्म राना नेपालगञ्ज कारागारमा थुनामा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जनाको मृत्यु

१ मंसिर २०८०, शुक्रबार १३:१८
नेपालगञ्ज : जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको मृत्यु भएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको मृत्यु भएको हो । घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर […]