२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कञ्चनपुरमा श्रीमान–श्रीमती मृत भेटिए



नेपालगञ्ज : कञ्चनपुरको लालझाडी गाउँपालिका– १ बिनबारीमा एक दम्पती आफ्नै घरमा आइतवार मृत फेला परेका छन् ।

बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।

‘घटनाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ । श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ’, उनले भने ।

प्रकाशित मिति : २०८० कात्तिक २६ गते आइतबार
ताजा समाचार