२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

बाँकेमा लेनदेन मुद्दाका खत्री पक्राउ



नेपालगञ्ज : लेनदेन मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ५० को गुन्जा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

बाँके जिल्ला अदालतले २०७१ साल चैत्र २८ गते खत्रीलाई लेनदेन मुद्दामा १ वर्ष कैद तोकिएकोमा हालसम्म फरार रहँदै आएका उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डाँगीले बताए ।

थप कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २२ गते बुधबार
ताजा समाचार