२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाघको आक्रमणबाट महिलाको मृत्यु



बर्दिया : बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका ‐५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार शुक्रवार दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको थियो ।

मृतक डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार
ताजा समाचार