खजुरामा स्कुल बस पल्टिदा एकको मृत्यु ८ घाइते

सदरलाइन संवाददाता २९ आश्विन २०८०, सोमबार १८:२२
 

खजुरा (बाँके) : बाँकेको खजुरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुको साथै ८ जना घाइते भएका छन् । बसमा ४० जना सवार रहेका थिए ।

खजुरामा रहेको दीपक बोर्डिङ स्कुलको स्कुल बस दुर्घटना हुँदा सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत ११ वर्षिय विद्यार्थी जितु नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


जिल्ला प्रहरी बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार खजुरामा रहेको विद्यालयबाट विद्यार्थी पुराउन सिमलघारी तर्फ जाँदै गर्दा ना ४ ख ६५१ नम्बरको बस करिव साव ३ बजेतिर पुलबाट तल खसेको थियो ।

विद्यालय बन्द भएपछि विद्यार्थी पु¥याउन खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको बस खजुरा–५ जेठान नाला नजिकै दुर्घना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका विद्यार्थीको उद्दार गरि खजुराको सुशील कोइराला क्यान्सर अस्पताल पुराए लगत्तै घाइते जीतुको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भई रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराका विद्यालयमा शोक विदा

२९ आश्विन २०८०, सोमबार १८:२२
नेपालगञ्ज :स्कुल बस दुर्घटनामा परी बिद्यार्थीको मृत्यु भएपछि खजुरा गाउँपालिकाका सबै निजी तथा सामुदायिक विद्यालय मंगलवार बन्द भएका छन् । खजुरा गाउँपालिकाको शिक्षा शाखा, प्याब्सन र एन–प्याब्सनले शोक विदा दिएका हुन् । दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस खजुरा गाउँपालिका वडा नम्बर ५ स्थित जेठी नालामा खस्दा […]

सम्बन्धित