२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

मोटरसाइकलको ठक्करबाट बर्दियामा एकजनाको मृत्यु



बर्दिया : बर्दियामा मोटसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

आइतबार राति करिब ७ बजे बर्दियाको गुलरिया नगरपालिका ११ का ६० वर्षीय इस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो ।

घाइते भएका खाँलाई उपचारका लागि बाँकेको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सुधीरराज शाहीले जानकारी दिए ।

उनले भे ७ प ८६०४ नम्बरको मोटरसाइकल र चालक बढैयाताल गाउँपालिका ९ का सुकदेव थारुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको जनाए ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमबार
ताजा समाचार