सदरलाइनडटकम
२३ असार, नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले करिव ३ लाख बराबरको सुनचाँदीसहित नेपालगन्ज उप–महानगरपालिका–५ का ५१ वर्षिय रामसेवक बर्मालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
ईप्रका कोहलपुरका ईञ्चार्ज प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले बुधबार बिहान कोहलपुर–१२ रोहिणी खोलाबाट बर्मालाई १ किलो ६ सय ५० ग्राम चाँदी र ३१ ग्राम ७ सय मिलिग्राम सुनसहित नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीका अनुसार यसको मूल्य २ लाख ९२ हजार ६४ रुपैया रहेको छ ।
सुराकिले दिएको सूचनाको आधारमा प्रहरीले बर्मालाई सो सुनचाँदी सहित पक्राउ गरीएको प्रहरी नायव उपरिक्षक काफ्लेले जानकारी दिए । पक्राउ परेको सुनको बजार मूल्य १ लाख ६२ हजार ७ सय ९४ र चाँदीको १ लाख २९ हजार २ सय ७० बजार मूल्य रहेको उनले बताए ।
पक्राउ परेका बर्मासंग सो सुनचाँदीको कुनै कागजात नभएको उनले कहाँ लैजान लागेको कुनै जानकारी नदिएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसंधान गरी आवश्यक कारवाही अघिबढाउने बताएको छ ।