बाँकेको जयन्दु बाल सुधारगृहबाट फरार बालबन्दी दैलेखबाट पक्राउ

सदरलाइन संवाददाता १२ आश्विन २०८०, शुक्रबार १८:०८
 

नेपालगञ्ज :  गत असोज ४ गते राती १० बजे बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहमा भएको झडपको फाईदा उठाउदै सुधार गृहबाट फरार रहेका एक बालबन्दी दैलेखबाट समातिएका छन् ।

बाल सुधारगृहमा रहेका बालबन्दीका बिचमा आपसमा झडप हुँदा फरार रहेका चार जनामध्ये एक जना बालबन्दी दैलेखबाट समातिएका हुन् । बाँके प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीका अनुसार बाँकेबाट खटिएको प्रहरी टोली र दैलेख प्रहरीले महाबु गाउँपालिकाबाट उनलाई नियन्त्रणमा लिएको हो ।


दैलेखको महाबु गाउँपालिकाका स्थानीयले उनलाई उनको घर नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा देखेपछि नियन्त्रणमा लिन सफल भएको प्रहरी नायव उपरिक्षक डाँगीले जानकारी दिए । बिहीबार दैलेखमा नियन्त्रणमा परेका उनलाई नेपालगञ्ज ल्याइसकिएको छ ।

बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् ।  उनीहरूलाई  खोज्न  प्रहरीले टोली परिचालन गरिएको डिएसपी डाँगीले बताए । २ सय ५४ जना बालबन्दी रहेको सुधारगृहमा यसपालिको झडपमा एक जना बालबन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधारगृहमा भएको झडपमा अगुवाइ गरेका ६४ जनालाई अलग राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुसभित्र लुम्बिनीका सबै जिल्ला अधिवेशन गरिने एमाले लुम्बिनी प्रदेशको निर्णय

१२ आश्विन २०८०, शुक्रबार १८:०८
  बुटवल :  नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पुसभित्रै प्रदेशका सबै जिल्लाका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । अधिवेशनपछि बसेको प्रदेश कमिटीको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशमा रहेका मध्ये रूकुम पूर्वमा मंसिरमा र अन्य जिल्लाको पुसभित्र अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्माकुमारी […]