तुलसीपुरमा गाडी साहु बस्नेतमाथि खुकुरी प्रहार

सदरलाइन संवाददाता ५ आश्विन २०८०, शुक्रबार १६:१०
 

दाङ : तुलसीपुरमा एक जना गाडी साहुमाथि खुकुरी प्रहार भएको छ । गाडी धनी तुलसीपुर उपमहानगरपालिका १३ बखरियाका ३४ बर्षीय रणदेब बस्नेत माथि बिहीबार मध्य राति तुलसीपुर ५ स्थित बसपार्कमा खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार बाट बस्नेतको हातको नाडीमा गहिरो घाउ खत लागेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार चिकित्सकले घाइते बस्नेतको नाडीको नसापनि काटिएको जानकारी दिएका छन् ।
घाइते गाडी धनी बस्नेतलाई राति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो ।

बस्नेतमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तुलसीपुर – १० राइखलियानका २८ बर्षीय राममणी चौधरीलाई घटना लगतै नियन्त्रणमा लिएको थियो ।

तुलसीपुर बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी प्रहरी सहायक निरीक्षक सञ्तोष आचार्यले पक्राउ चौधरीले नै बस्नेतमाथि ११ ः ५५ बजे बसपार्कस्थित हिमालयन होटेल नजिकै खुकरी प्रहार गरेको जानकारी दिए ।

सोही घटनामा संलग्न रहेका तुलसीपुर ६ सुकौरा रोड बस्ने २७ बर्षीय नबिन परियारलाई शुक्रबार बिहान घोराही उपमहानगरपालिका १० नारायणपुरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


घटना हुँदा नेपालीले मोटरसाइकल चलाएका थिए भने सोही मोटरसाइकलसहित उनी राति नै फरार भएका थिए ।

ऋापसमा चिनजान भएका चौधरीले सामान्य भनाभनको बिषयलाई लिएर एकाएक खुकुरी प्रहार गरेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुबै जनाबिरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाउने तयारीमा प्रहरी छ । यसअघि असोज २ गतेपनि तुलसीपुरबाट प्रहरीले दुई जनालाई दिन दाहाडै खुकुरीसहित पक्राउ गरेको थियो । तुलसीपुर–५स्थित द पार्क क्याफेबाट तुलसीपुर ५ रानी जरुवा बस्ने २६ बर्षीय ‘स्टार’ भनिने एडबीन जिएमलाई एक थान धारिलो खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनका साथी तुलसीपुर– ९ बेलुवाका २२ बर्षीय टोपेन्द्र राज नेपालीपनि प्रहरी नियन्त्रणमा छन् । प्रहरी अधिकारीका अनुसार उनीहरु त्यहाँ एक जना नेपाली काँग्रेस निकट युवालाई खुकुरी प्रहार गर्ने योजनाका साथ पुगेका थिए । पक्राउ परेका यि दुबै जना बिरुद्धपनि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाउने तयारी प्रहरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल सुधारगृह झडप : प्रहरीको पेस्तोल बालबन्दीको कब्जामा

५ आश्विन २०८०, शुक्रबार १६:१०
नेपालगञ्ज : बाँकेको जयेन्दु बाल सुधार गृहका बालबन्दीले प्रहरीको पेस्तोल नै कब्जामा लिएका छन् । बिहीवार राती १० बजेदेखि नै आपसमा भएको झडपपछि तोडफोड र आगजनीमा उत्रिएका बालबन्दीले प्रहरीको मोटरसाइकल, कागजपत्र जलाउनुका साथै पेस्तोल कब्जामा लिएको स्रोतले बताएको छ । बाल सुधार गृहका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई)ले बोक्ने पेस्तोल […]