२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

आगलागी हुँदा सल्यानमा आमा–छोरीको मृत्यु



नेपालगञ्ज : सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा–छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।

उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको उनले बताए । आगलागी कसरी भयो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २०८० भदौ ३० गते शनिबार
ताजा समाचार