संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष नेम्वाङकाे हृदयाघातका कारण मृत्यु

सदरलाइन संवाददाता २६ भाद्र २०८०, मंगलवार ०६:२८
 

काठमाडौ : संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उनलाई घरमै हृदयाघात भएपछि  उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उनको बाटोमै निधन भएको जनाइएको छ ।

शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उनलाई राती १:२० बजे अस्पताल ल्याएको थियो ।


यसैबीच शिक्षण अस्पतालमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् । नेम्वाङको निधनको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।

Next Post

बाँकेमा ७६ जना सञ्चारकर्मीको मिर्गौला परीक्षण

२६ भाद्र २०८०, मंगलवार ०६:२८
नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त ‘चाचाजी’ को ९५औं जन्मजयन्तीका अवसरमा मंगलवार नेपालगञ्जमा सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण गरिएको छ । ७६ जना सञ्चारकर्मीले मिर्गौला परीक्षण गराएका छन् । युनियन बाँके र पन्नालाल गुप्त स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको […]