समता स्कुलले सञ्चालनमा ल्यायो नर्सिङ सेवा

सदरलाइन संवाददाता २२ भाद्र २०८०, शुक्रबार १४:३३
 

कोहलपुर (बाँके) : समता स्कुलले स्टाफ नर्स सेवा सञ्चालनमा ल्याएको छ । बाँकेको कोहलपुर ११ मा २०७३ सालमा स्थापना गरिएको समता स्कुलले सबै कक्षाहरुमा न्यूनतम शुल्कमा अध्यापन गराउँदै आएको विद्यालयले नर्सिङ सेवा समेत विस्तार गरेको हो ।

उक्त सेवाबाट मासिक रुपमा अभिभावहरुको स्वास्थ्य समेत परीक्षण गरिने छ’ विद्यालय संचालक रबि रोकायाले जानकारी गराएका छन् । आज हामी खुशी छौँ, आजबाट स्कुलमा नर्सिङ सेवा विस्तार गरेका छौँ ‘रोकायाले भनेका छन् ।

स्कुल नर्स सेवाबाट विद्यालयमा धेरै राम्रो प्रभाव देखिएको विद्यालय प्रअ लक्ष्मी पौडेलले बताईन् । प्रत्येक शुक्रबाट नानी बाबुहरुको आधारभूत स्वास्थ्य सेवा मार्फत तौल नाप, अक्सिजनको मात्रा, प्रेसर, ज्वरो लगायत परीक्षणसहित महिनाको एक दिन सम्पूर्ण अभिभावहरुको समेत स्वाथ्य परीक्षण गरिने विद्यालयले जनाएको छ ।


मासिक शुल्क एक सयमा अध्यापन गराउँदै आइरहेको उक्त विद्यालयले कोराना संक्रमण पश्चात अभिभावक भेला मार्फत सम्पूर्ण कक्षाको लागि समान तथा न्यूनतम शुल्कमा पठनपाठन गराइरहेका छौँ विद्यालय इन्चार्ज मिरा चन्द्रले जानकारी गराइन् । यसरी सबै कक्षामा न्यूनतम शुल्क लिने विद्यालय नेपालको एक मात्र विद्यालय समता हो उनले भनिन् ।

विद्यालयमा हाल कप्यूटर ल्याब, अडियो भिडियो, प्रोजेक्ट वर्क, समाचार वाचन, बाद विवाद प्रतियोगिता, दृश्य अवलोकन लगाएत अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ । समता स्कुल देशका ७७ जिल्लासहित भारत, श्रीलंका, म्यानमार, बंलालेशमा सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र द्वन्द्वसँग सम्बन्धित उजुरीमाथि छानबिन बाँकी

२२ भाद्र २०८०, शुक्रबार १४:३३
नेपालगञ्ज : राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जमा अझै पनि सशस्त्र द्वन्द्वसँग सम्बन्धित ४३० वटा उजुरी माथि छानविन, अनुसन्धान हुन बाँकी रहेको पाईएको छ । यसैगरी सशस्त्र द्वन्द्वसँग असम्बन्धित उजुरीको सङ्ख्या भने १५ वटा रहेको छ । २०७९ पुष मसान्तसम्मको विवरण अनुसार महासन्धिको आधारमा उजुरीको सङ्ख्या हेर्दा […]