निर्धन समुह सदस्यको निःशुल्क आँखा परीक्षण

सदरलाइन संवाददाता २२ भाद्र २०८०, शुक्रबार १४:२६
 

नेपालगञ्ज : डा.हरिहरदेव पन्तको आठौँ स्मृती दिवसकोे अवसरमा एक सय २१ जनाको आँखा तथा स्वास्थ्य जाँच गरिएको छ । निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरको आयोजनामा भएको एक दिने वृहद् निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण कार्यक्रममा १६ जनाको आँखामा मोतिविन्दु देखिएको कार्यक्रम निर्देशक जिताराम गौतमले जानकारी दिए ।

नेपाल नेत्र ज्योति संघ, फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको प्राविधिक सहयोग र शाईन रेसुंङ्गा विकास बैंक लिको आर्थिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा फत्तेवाल आँखा अस्पतालका चिकित्सकले आँखा जाँच र डा. देवेन्द्र आचार्यले स्वास्थ्य परीक्षण गरेको गौतमले बताए । मोतिविन्दु भएका विरामीको फत्तेवाल आँखा अस्पतालले ५० प्रतिशत छुट सहितको सहुलियतमा अप्रेशन सेवा प्रदान गर्ने भएको छ ।

यसअघि निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरले निर्धन समुह सदस्यको निःशुल्क पाठेघर मुख क्यान्सर जाँच शिविर सञ्चालन गरेको थियो । प्रतिष्ठानका परिकल्पनाका डा.पन्तको स्मरण तथा सम्मानमा आँखा तथा स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।


वित्तीय सेवाको पहुँच वृद्धि गरेर मात्रै गरिवी न्युनीकरण नहुने विपन्न परिवार स्वास्थ्य उपचार सम्बन्धी खर्चका कारण झनै गरीब हुंदै जाने देखिएपछि डा. पन्तले स्वास्थ्य उपचारमा सबैको पहुँच वृद्धि र समयमै उपचार गराउने बानीकोे विकास गर्न निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको अवधारणा ल्याएका थिए । फलस्वरुप कोहलपुरमा ०७५ सालमा प्रतिष्ठान स्थापना भएको उनले बताए ।

प्रतिष्ठानले पहिले समुदायमा आधारित लघुस्वास्थ्य सुरक्षा कार्यक्रम सन्जिवनी सञ्चालन गरेको थियो । यस कार्यक्रमबाट नेपालमा स्वास्थ्य विमा कार्यक्रम शुरुवात गर्न उल्लेखनिय सहयोग पुर्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समता स्कुलले सञ्चालनमा ल्यायो नर्सिङ सेवा

२२ भाद्र २०८०, शुक्रबार १४:२६
कोहलपुर (बाँके) : समता स्कुलले स्टाफ नर्स सेवा सञ्चालनमा ल्याएको छ । बाँकेको कोहलपुर ११ मा २०७३ सालमा स्थापना गरिएको समता स्कुलले सबै कक्षाहरुमा न्यूनतम शुल्कमा अध्यापन गराउँदै आएको विद्यालयले नर्सिङ सेवा समेत विस्तार गरेको हो । उक्त सेवाबाट मासिक रुपमा अभिभावहरुको स्वास्थ्य समेत परीक्षण गरिने छ’ विद्यालय संचालक रबि […]