एमाले सचिव भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर गरे उपचारमा सहयोग

सदरलाइन संवाददाता २१ भाद्र २०८०, बिहीबार १७:२५
 

काठमाण्डौं : एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश् भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर विगतका वर्षमा झै यस वर्ष ताप्लेजुङ सिरिजंघा गाउपालिका–२ आम्बेगुदिनका विरामी बालकको उपचारमा सहयोग गरेका छन ।

उनले ताप्लेजुङ सिरिजंघा गाउपालिका–२ आम्बेगुदिनका शान्तिराज कार्कीको छोरा अर्जुन कार्कीको उपचारमा अस्पतालमै पुगेर २० हजार सहयोग गरेका हुन । विगत १ महिनादेखि विभिन्न अस्पतालमा उपचार गराई रहेका कार्की घरायसी काम गर्ने शिलशिलामा लडेर घाइते भएका थिए ।

कार्कीको स्वास्थ्य अवस्थाको बारेमा विषेश चासोका साथ नेता भट्टराईले उनको उपचारमा संलग्न चिकित्सकसँग समेत जानकारी लिएरका थिए । १३ वर्षका अर्जुन कक्षा ८ मा अध्यनरत छन् । तेल्लोक स्वास्थ्य चौकी, फिदिम अस्पताल, झापाको विर्ता सिट, विराटनगरको नोवेल अस्पताल, काठमाडौंको केएमसी अस्पताला हुदै हाल टिचिङ अस्पताल महाराजगंजमामा उपचारत अजुर्नको स्वास्थ्यमा सुधार आई रहेको छ ।


नेता भट्टराईले विगतका बर्षमा ऋण तिर्न नसकेर गोठालो बसेका ताप्लेजुङका बालक दोर्ची शेर्पालाई उद्दार गरी काठमाडौं ल्याएर अध्ययनको व्यवस्था मिलाउन पहल गरेका थिए । दोर्ची शेर्पा काठमाडौंको सामाखुसीस्थित एक विद्यालयबाट उच्च अंक सहित एसईई गरेका छन् ।

गत साल ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका–५ जीवन वनेमलाई (लिम्बु) सहयोग गरेका तिए । जीवन सानैदेखि खुट्टाको समस्याका कारण शारिरिक रुपले अशक्त छन । त्यो भन्दा अघिल्लो वर्ष नेता भट्टराईले एसिड पीडित बालिका मुस्कान खातुनलाई ५० हजार आर्थिक सहयोग गरेका थिए ।

त्यस समय नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर उनले सो रकम नगदै दिएका थिए । विगतमा पाथीभरा याङवरक गाउँपालिका–६ थुम्बेदिनको शारदा माबि कक्षा १ मा कमल बिक र सोही गाउँपालिका–५ को चाक्सिबोटे माबि कक्षा १ मा गंगा बिकलाई दुवै विद्यार्थीका लागि स्कुल ड्रेस, शैक्षिक सामाग्री र अन्य खर्चका लागि दश– १० हजार आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

नेता भट्टराईले हरेक वर्ष आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक कार्य गर्दै आएका छन् । उनकै जन्मदिनको अवसरमा ताप्लेजुङ् हाङ्देवाका कुमार शेर्पाका सात वर्षिय मिलन शेर्पा मुटुको उपचार गराउन पनि आर्थिक सहायता गरेको उनको सचिवालयले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ‘गरिबसंग स्थानीय सरकार कार्यक्रम’ लागू गरिँदै

२१ भाद्र २०८०, बिहीबार १७:२५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो । यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्विकृत भई नेपालगञ्ज राजपत्रमा प्रकाशन […]