ईराकको करर्वलामा तीन दिवशिय अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

सदरलाइन संवाददाता २० भाद्र २०८०, बुधबार १९:४८
 

नेपालगञ्ज :  ‘प्यालेस्टाइन र इमाम हुसैन अलैहिस्सलाम (अस)’ शिर्षकको अल–अक्सा कलको ३ दिवसीय दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन इराकको पवित्र शहर कर्बालामा सम्पन्न भएको छ ।

सो सम्मेलनमा इमाम हुसैन (अस) को आन्दोलनका आधारहरू बारे प्रकाश पर्दै कार्यक्रम कार्यकारी समितिका सदस्य अब्दुल मलिक सेकरियाले सम्मेलन आयोजना गर्नुको उद्देश्य, इमाम हुसेन (अस) को बौद्धिक आन्दोलन र इस्लामिक उम्मामा सुधारका लागि ‘उहा’को लडाइको बारेमा विस्तृत जानकारी गराएका थिए ।

उनले भने–‘झूटको सामना गर्नु र सत्यलाई समर्थन गर्न र यसलाई प्यालेस्टाइनले सयवर्ष अघिदेखि भोग्दै आएको इजरायली शासनको सबैभन्दा गम्भीर औपनिवेशिक आक्रमणसँग जोड्नु सम्मेलनको अर्को लक्ष्य रहेको हो ।’

कार्यक्रममा ६५ देशका धार्मिक विद्वान, संचारकर्मी, राजनीतिक तथा सांस्कृतिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सम्मेलनले प्यालेस्टाइनको मुद्दा विश्वका स्वतन्त्रता खोज्ने जनता र आधिपत्यवादी शक्तिबीचको मूल द्वन्द्व भएको निष्कर्ष निकालेको छ । सहभागीहरूले प्यालेस्टिनी राष्ट्रको ‘सियोनवादी’ दमनको सामना गर्नको लागि ठूलो दृढता र बलिदानलाई प्रशंसा गरे । इरानी अहवाजी इमाम शेख मोहसेन हेदरीले भने, ‘विश्वका स्वतन्त्र मानिसहरू इमाम हुसेनको ऐतिहासिक शिक्षातर्फ आकर्षित छन ।

दिवंगत नेता नेल्सन मण्डेलाका नाति दक्षिण अफ्रिकाका सांसद मण्डला मण्डेलाले कन्फ्रेंस्लाई सम्बोधन गर्दै भने ‘प्यालेस्टिनी जनता एक्लै छैनन् हामी पनि साथमा छौँ । इमाम हुसैनले गर्नु भएको सङ्घर्षको पाठ सबैले सिक्नु पर्छ र आशाको किरण बनेर उभिएका इमाम हुसेनको शान्तिपूर्ण संघर्षको बाटोलाई रोलमाडल बनाउन आह्वान गरे ।


मण्डेलाले इमाम हुसेनको अरबाइन (चालीसौं) को अवसरमा विश्वका स्वतन्त्र मानिसहरूलाई एकजुट हुन र इमाम हुसेनलाई विश्वव्यापी न्याय प्राप्त गर्नको लागि उदाहरणको रूपमा लिन “राजनीतिक बन्दीहरूको समर्थनको लागि अभियान चलाएर इलेक्ट्रोनिक इन्टिफाडा“ लाई पछ्याउन आग्रह गरे ।

अल–कुद्स र प्यालेस्टाइनको समर्थनको लागि ग्लोबल गठबन्धनमा बन्दीहरूको मामिलाको जिम्मेवार अधिकारी तलाल श्रिमले भने, ‘प्यालेस्टाइनमा युद्ध दक्षिणपन्थी सरकारको उदयसँगै सुरु भएको हो । बौद्ध आध्यात्मिक नेता र श्रीलंकाका सद्भावना राजदूतले अल–कुद्स र प्यालेस्टाइनको समर्थन गर्दै इमाम हुसेनको शन्तिपूर्ण संघर्षको बाटो नै हाम्रो जीवनको मूलमर्म हुनु पर्ने बताए ।

प्यालेस्टिनियन अर्थोडक्स चर्चका पादरी फादर एन्टोनी हनानियाले इमाम हुसैनको सन्देश र संघर्षलाई सम्झदै भने–‘अहिले हामी ईराकको कर्बलामा छौँ ।’ यो त्यही कर्बलाहो जहाँ इमाम हुसैन (अस) ले शन्तिपूर्ण संघर्ष गर्दै असत्यलाई परास्त गरेको स्मरण गरे । उनको मार्गदर्शन अङ्गीकार गरेर अल–कुद्स र प्यालेस्टाइनलाई एक दिन फिर्ता पाउने आशा व्यक्त गरेको सो सम्मेलनमा नेपालबाट सहभागी पत्रकार शकील अहमद कादरीले जानकारी दिए ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलात्कार आरोपमा बर्दियामा एक जना पक्राउ

२० भाद्र २०८०, बुधबार १९:४८
बर्दिया : बर्दियामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका–९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई बारबर्दिया नगरपालिका–४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक […]