एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित

सदरलाइन संवाददाता २० भाद्र २०८०, बुधबार १३:४६
 

नेपालगञ्ज : नेकपा एमाले लुम्बिनी प्रदेशको अधिबेशनबाट प्रदेश अध्यक्षमा विश्नु पौडेल निकट राधाकृष्ण कंडेल निर्वाचित भएका छन् । बुटवलमा भएको मतदानको बुधवार बिहान आएको अन्तिम मत परिणामबाट एमाले लुम्बिनी अध्यक्षका अर्का उम्मेदवार हरि रिजाललाई कंडेलले २ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचित भएका कंडेलले ४७९ मत प्राप्त गर्दा पराजित भएका रिजालले ४७७ मत ल्याए । त्यस्तै उपाध्यक्षमा पौडेल निकट रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने शंकर पोखरेल निकट रोल्पाका पूर्णबहादुर बुढामगर रिजाल प्यानलबाट उपसचिव निर्वाचित भएका छन् ।


पौडेल निकट महिला उपसचिवमा लिला राना निर्वाचित भइन् भने सचिवमा निर्विरोध निर्वाचित भएका लक्ष्मण आचार्य पनि कंडेल पक्षकै हुन् । उनी दाङका हुन् । एक उपसचिव बाहेक सबै पौडेल निकटका उम्मेदवारहरु निर्वाचित भएका छन् । निर्वाचित हुनेमा लेखा समितिको अध्यक्षमा दामोदर घिमिरे छन् । त्यस्तै भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रद्धाभक्तिका साथ बुधवार श्रीकृष्ण जन्माष्टमी मनाईंदै

२० भाद्र २०८०, बुधबार १३:४६
नेपालगञ्ज : भाद्र कृष्ण अष्टमीका दिनमा बुधवार हिन्दु धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको […]