खजुराका अध्यक्ष बिकले निवर्तमान अध्यक्ष कक्षपतिलाई मरिसकेको भनेपछि…

सदरलाइन संवाददाता १० भाद्र २०८०, आईतवार १६:२५
 
खजुरका अध्यक्ष डम्बर विक ‘तुफान’

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डम्बर विक तुफानले आफ्नो पार्टीका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिबारे अपशब्द बोलेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

एमाले पोलिटब्युरो सदस्य एवम् बाँके इन्चार्ज खेममान खड्काले कक्षपति भन्दै विकको मोबाइलमा फोन गरेका थिए । विकले ‘किस्मत त मरेर मिट्टी दिइसकेको’ भन्दै अभद्र भाषाशैलीमा प्रस्तुत भएका थिए । उनको स्वर मदिराले लर्बरिएकोजस्तो सुनिन्छ ।

कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । पहिले उनैले चलाउने पालिकाको अफिसियल फोनमा खड्काले फोन गरेका थिए । २०७९ को स्थानीय निर्वाचनबाट विक पालिका अध्यक्ष निर्वाचित भएपछि उनले सोही नम्बर चलाइरहेका छन् ।


पालिका अध्यक्षजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको त्यस्तो भाषाशैली हुनु आपत्तिजनक रहेको भन्दै एमाले प्रचार विभागले पत्रकार सम्मेलन गरेर भर्त्सना गरेको छ । प्रचार विभाग प्रमुख सतिश निरौलाले पालिका अध्यक्षको अभिव्यक्ति अमर्यादित, गैरजिम्मेवार र गालीगलौचपूर्ण रहेको भन्दै नेताहरूले कानुनी उपचार खोज्ने बताए ।

अध्यक्ष विकले पनि आफूबाट कमजोरी भएको स्वीकार गरेका छन् । ‘म साथीभाइसँग बसेको थिएँ । उहाँको फोन नम्बर हैन भनेर दुईपटक काट्दासमेत फोन आएपछि त्यो स्थिति आएको हो,’ उनले भने, ‘गल्ती कमजोरी भएको रियलाइज गरेको छु । उहाँहरूसँग बसेरै यो विवादलाई अन्त्य गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Preparation of SAARC Education Award has been Finalised

१० भाद्र २०८०, आईतवार १६:२५
Kathmandu.  Tandukar also urged to reach all participants before 8th September in Darjeeling to be a part of SAARC Education Award. SAARC Education Award is a historical first Award for educational entrepreneurs and educational journalists providing by Shikshalaya, SAARC Journalist Forum and Rotary Club of Darjeeling combinely.Preparation of SAARC Education […]

सम्बन्धित