नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन स्थलमा उत्पन्न फोहोरमैलाको अभियन्ता डा. बिनोद कर्णको अगुवाईमा सरसफाई गरिएको छ ।
उम्मेदवारले फालेका पर्चा, पम्प्लेटका कारण नेपालगञ्ज रंगशाला क्षेत्रमा फोहोरमैला बढेको थियो । डा. कर्णसहित अर्का अभियन्ता प्रकाश कुँवर, लियो क्लब अफ नेपालगञ्ज सिद्दीबिनायकका पदाधिकारी लगायतले सरसफाई गरेका थिए ।
हरेक निर्वाचनमा उम्मेदवारले पर्चा, पम्प्लेट फाल्ने, तर सरसफाईमा ध्यान नदिने प्रवृत्ति रहेको छ ।