२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

रसायन तथा मेडिकल आपूर्ति संघ बाँकेको अध्यक्षमा पाण्डे



नेपालगञ्ज : रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) बाँके शाखाको अध्यक्षमा कृष्ण प्रसाद पाण्डे चयन भएका छन् । केम्सन बाँकेको पहिलो साधारण सभाबाट पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो ।

त्यस्तै संघको उपाध्यक्षमा रमेश रिमाल, विष्णुदेव बुढाथोकी सर्वसम्मत महासचिवमा चयन भएको निर्वाचन समितिका संयोजक बसन्त गौतमले जानकारी दिए ।

कोषाध्यक्षमा रन्जित सिंह र सदस्यमा रामवीर शाही र गंगा पहाडी (बराल) चयन भएका छन् । यसपछि पाण्डे नेतृत्वको बाँके शाखाले एक जना सदस्य मनोनयन गर्नेछ ।

संघको प्रथम साधारण सभाको उदघाटन केम्सन नेपालका केन्द्रीय अध्यक्ष भक्तबहादुर हमालले गरेका थिए । सभामा विभिन्न जिल्लाका शाखा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

४२ साधारण सदस्य रहेको केम्सन बाँके शाखामा यसअघिको तदर्थ समितिको अध्यक्षमा पाण्डे रहेका थिए ।

प्रकाशित मिति : २०८० भदौ १ गते शुक्रबार
ताजा समाचार