भन्सार छलेर ल्याइएका कपडा बराबद

सदरलाइन संवाददाता २५ श्रावण २०८०, बिहीबार १४:५१
 

दाङ : सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङले भन्सार छलेर ल्याइएका कपडा बरामद गरेको छ । राप्ती गाउँपालिका वडा १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सो कपडा बरामद गरेको हो ।

पूर्व–पश्चिम लोकमार्गस्थित पोखराबाट तुलसीपुरतर्फ जाँदैगरेको ग १ ख ९८७० नम्बरको बसबाट १२ लाख २३ हजार आठसय ९० रुपियाँ बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार अवैध रुपमा भन्सार छली लुकाइछिपाई ल्याउँदैगरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको थियो । बरामद सामानमा पाइन्ट सुट ५१ थान, लेडिज दुईसय ३२ पिस, ब्लाउज सुट एकसय ६ थान र सुतिका कपडा एकसय १२ थान अवैध कपडा छन् ।


पक्राउ गरी नियन्त्रणमा ल्याइएको अवैध कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले राजस्व कार्यालय बुटवल पठाएको छ । चाडपर्व नजिकिएसँगै दाङमा चोरी–तस्करी बढ्दै गएको छ । सवारीसाधन तथा सीमावर्ती क्षेत्रमा दैनिकजसो भन्सार छलेर अवैधरूपमा आयात गरिएका सामान बरामद हुन थालेका छन् ।

अन्य समयभन्दा चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडालगायतका दैनिक प्रयोग हुने आवश्यक सामग्रीको माग बढी हुन्छ । छोटो समयमा बढी कमाउने ध्याउन्नमा लागेका तस्करले चाडपर्वलाई कमाउने सिजनका रूपमा लिनेगरेका छन् । नियमनकारी निकायसँग साँठगाँठ गरेर भए पनि यो बेलामा अवैध आयातलाई अन्य समयको तुलनामा कैयौँ गुणा बढी बनाइनेगरेको जानकारहरूको भनाइ छ ।

चाडपर्वका नाममा सीमानासँग जोडिएका भारतीय बजारबाट अवैध सामान भित्रिनेगरेको गुनासो बढ्दै गएको छ । पसल दर्ता नगरेका स्थानीय खुद्रा व्यापारीले नाकासँग जोडिएका भारतीय बजारबाट अवैध सामान ल्याएर बेच्ने गरेका कारण सरकारलाई राजस्व तिर्ने ठूला व्यापारीहरु मारमा पर्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साझा प्रजातान्त्रिकलाई लैजाने मतदाताहरुको प्रतिबद्धता

२५ श्रावण २०८०, बिहीबार १४:५१
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई लैजाने मतदाताहरुले प्रतिबद्धता जनाएका छन् । प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले बिहीबार नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन । संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार लगायतको समूहसंग घरवारीटोलका व्यवसायीहरुले […]