अन्तर्राष्ट्रिय आदिवासी दिवसमा कोहलपुरमा प्रभात फेरी

सदरलाइन संवाददाता २४ श्रावण २०८०, बुधबार १६:२८
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा नेपाल आदिवासि जनजाती महासंघ कोहलपुर नगर कमिटिको आयोजनामा प्रभातफेरी गरिएको छ ।

बिभिन्न आदिवासि जनजातीका भेषभुषासहित कोहलपुरको न्युरोडबाट शुरु गरिएको प्रभातफेरीले नगरका बिभिन्न भाग परिक्रमा गरेको थियो । आदिवासी जनजाति एक होऔं, आदिवासी जनजाति दिवस सफल पारौं, आदिवासी जनजातिमा सहभागि बनौं जस्ता नारा लगाउदै थारु तथा मगर भेषमा सजिएका आदिवासी जनजातिहरुले आफना अधिकारका लागि एक हुनुपर्ने सन्देश सहित बजारको परिक्रमा गरेको बताए ।


‘इन्डिजिनियस यूथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष कोहलपुर नेपालगञ्ज लगाएत देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउईएको छ । नाराको अर्थ आफूले निर्धारण गरे अनुरूपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘स्यानेटरी प्याड खरिद प्रक्रियामा गम्भीर त्रुटि’

२४ श्रावण २०८०, बुधबार १६:२८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको जिल्लाकै प्रतिष्ठित बिद्यालय त्रिभुवन नमुना माध्यामिक बिद्यालयमा खरिद गरिएको भनिएको स्यानेटरी प्याडका बिषयलाई लिएर अनेरास्ववियुले आफनो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै खरिद प्रक्रियामा गम्भिर त्रुटि भएको दावी गरेको छ । खरिद गरिएको हैन भन्ने बिज्ञप्ति निकालेर बिद्यालय प्रशासन र […]