नेउबा संघ निर्वाचन : साझा प्रजातान्त्रिक समूहका उम्मेदवारहरुको घोषणा

सदरलाइन संवाददाता १८ श्रावण २०८०, बिहीबार १६:०४
 

नेपालगञ्ज : साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारहरुको घोषणा गरेको छ ।

भदौ २ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक समूहले ललित रौनियारको नेतृत्वमा उम्मेदवारहरुको घोषणा गरेको हो । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सचिवालय संयोजक एवम् नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व महासचिव विष्णुप्रसाद लामिछानेले उम्मेदवारहरुको घोषणा गरेका हुन् ।

प्रजातान्त्रिक समूहबाट उद्योग उपाध्यक्षमा मो. सफिक बेहना, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ र महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार बन्नेछन् । यस्तै सहसचिव टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको उम्मेदवारी घोषणा भएको छ ।


सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी) तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार बन्नेछन् ।

उम्मेदवारी घोषणा कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसाय संघ बाँकेका अध्यक्ष संजयकुमार थापाको अध्यक्षता एवम् नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

१८ श्रावण २०८०, बिहीबार १६:०४
नेपालगञ्ज : शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ । सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ । यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ […]