बसपार्कको पिच भत्काउँदै कोहलपुर नगरपालिका

सदरलाइन संवाददाता १४ श्रावण २०८०, आईतवार १४:००
 

कोहलपुर (बाँके) : तीस करोड बढि लागतमा निर्माण गरिएको कोहलपुर बसपार्कमा आवश्यकताका सामान्य पुर्वाधार समेत निर्माण नगरिएको पाईएको छ । दुई दुई पटक उदघाटन भएर पनि सञ्चालनमा आउन नसकेको उक्त बसपार्कमा अहिले धमाधम पिच खन्ने काम भईरहेको छ ।

पुर्णरूपमा निर्माण सम्पन्न भएको भनिएपनि खानेपानिको लाईन बिस्तारकालागि भन्दै अहिले पुरानो संरचना भत्काउने क्रम जारी छ । कुनै पनि योजना बनाउनुपुर्व त्यहाँ प्रयोग हुने आधारभुत आवश्यकतालाई मध्यनजर गरी योजना शुरू गर्नुपर्छ । बिद्युत, खानेपानी, टेलिफोन, ईन्टरनेटका जस्ता आधारभुत आवश्यकतालाई समेटेर संरचना निर्माण गर्नुपर्नेमा आयोजना निर्माण सम्पन्न पश्चात पुन भत्काएर कुरुप पार्ने काम कोहलपुर बसपार्कमा भईरहेको छ ।

पश्चिमी नेपालकै अत्याधुनिक भनेर प्रचार गरिएको कोहलपुर बसपार्कमा पानीको पाईप विस्तार गर्न चुकेको नगरपालिकाले अहिले पुनः पानीका लागि भन्दै पिच खन्न थालेपछि चौतर्फी आलोचना हुन थालेको छ ।


टेण्डर प्रक्रियाबाट बसपार्कभित्र ब्यवसायकालागि सटर लिएका ब्यवसायीहरूले बसर्पाकमा खानेपानीको व्यवस्था नभएको भन्दै बिरोध जनाएपछि नगरपालिकाले उपभोक्ता समिति गठन गरी १० लाख बजेटमा खानेपानीको व्यवस्थापन गर्न लागेको हो ।

संरचना बनाउँदा सामान्य बिषयलाई नजर अन्दाज गरिँदा जनताको करको समेत दुरुपयोग बढ्दै गएको कोहलपुर नगरमा बनिसकेको संरचना भत्काउँदा १० लाख खर्च गर्नुपर्ने अबस्था ल्याउने दोषी को हो, नगर विकास कि नगरपालिका ? भन्दै सामाजिक सञ्जालमा समेत चर्को बिरोध भईरहेको छ ।

स्मरण रहोस् यस अघि समेत कोहलपुर बिच बजारमा अदालतमा समेत मुद्धा रहेको योजनामा बनेका बोटबिरुवाहरु उखेलेर फालिएको थियो भने त्यस स्थानमा फलामका बार बनाएर मृत्युमार्ग समेत निर्माण भईसकेको छ । यस मार्गमा कुनै दुर्घटना भए त्यहि बारका कारण कयौंले ज्यान गुमाउने जोखिम बढ्दै गएको छ । महिनादिन अघि त्यसै ठाउँमा भएको बाईक दुर्घटनामा १ जनाले ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेकी प्रेसु मिस टिन इण्डियाको ग्राण्ड फिनालेमा

१४ श्रावण २०८०, आईतवार १४:००
नेपालगञ्ज : बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लव मिस्टर एण्ड मिस टिन इण्डियाको ग्राण्ड फिनालेका लागि छनौंट भएकी छन् । १७ बर्षीय प्रेसुसिंह थारुले भारतको कानपुर पहिलो अडिशन र नयाँ दिल्लीमा भएको सेमिफाईनल चरण पार गर्दै ग्राण्ड फिनालेमा स्थान बनाउन सफल भएको आमा यामु बुढाक्षेत्रीले […]