कोहलपुर खानेपानी संस्थामा भुषालको प्यानलै बिजयी

सदरलाइन संवाददाता १३ श्रावण २०८०, शनिबार १४:०७
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर बृहद् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रिक प्यानल बिजयी भएको छ । ८ वर्षपछि भएको निर्वाचनमा ४ दलिय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारहरुलाई पराजित गर्दै लोकतान्त्रिक प्यानलका उम्मेदवार बिजयी भएका हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा निकटतम प्रतिद्धन्द्धीलाई १९७ मतले पछि पार्दै लोकतान्त्रीक प्यानलका टेकनारायण भुषाल बिजयी भएका छन् । भुषालले १२ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी रुद्र खनालले १ हजार १७ मत प्राप्त गरे । त्यसैगरी स्वतन्त्र प्यानलबाट उठेका विष्णु तिवारीले ३८२ मत प्राप्त गरेका छन् ।


त्यसैगरी लोकतान्त्रिक प्यानलबाटै उपाध्यक्षमा बिर बहादुर विष्ठ ११४१, सचिवमा गोविन्द वाग्ले १०५६, कोषाध्यक्षमा धुर्व आचार्य ११४३, सहसचिवमा बालकुमारी सापकोटा ११३४ र सहकोषाध्यक्षमा ईश्वर प्रसाद शर्मा ११६५ मतकासाथ बिजयी भएका छन् । त्यसैगरी सदस्यहरुमा झग्गु प्रसाद वलीले ९९२, चक्रदिप शाहले ९९६, आशा घर्ति मगरले ९९४ तथा महिला सदस्यमा दिपा कुमारी बस्नेतले १११६ र टिकादेवी सुनारले १०५२ मत प्राप्त गर्दै बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज रंगशाला पौडी पोखरीको शुल्क घट्यो

१३ श्रावण २०८०, शनिबार १४:०७
नेपालगञ्ज : नेपालगञ्ज रंगशालास्थित पौडी पोखरी (स्विमिङ पुल)को शुल्क घटाइएको छ । विभिन्न चाडपर्वलाई लक्षित गरि पौडीपोखरीको शुल्क घटाइएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । ‘सर्वसाधारणको मागलाई दृष्टिगत गरि यसअघि लिइँदै आएको शुल्क घटाइएको छ,’ उनले भने । समितिले स्पेशल र सदस्य समुहका लागि छुट्टाछुट्टै […]