२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

मोहर्रममा नेपालगञ्जका तीन पत्रकार सम्मानित



नेपालगञ्ज : बाँकेका तीन जना पत्रकारहरु सम्मानित भएका छन् । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तीन जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो । इस्लामिक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भदेखि नै मनाईने मोहर्रम पर्वको ८औँ दिनको अवसरमा आयोजित विशाल कार्यक्रममा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो ।

पत्रकार सिराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष एंव युथ टुडेका सम्पादक आलम खान, रुबरु एफएमका स्टेशन प्रमुख शकिल कादरी र नगरको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाएको भन्दै वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक इन्द्रजीत सुनवारलाई सम्मान गरेको संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले बताए ।

मुस्लिम समुदायलाई सञ्चार माध्यबाट सहयोग गरेको र मोहर्रम पर्वमा बिशेष योगदान पुर्याएको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको संस्थाका महासचिव मोहम्मद हारुन हल्वाईको भनाई थियो ।

इस्लामिक नयाँ वर्ष १४४५ हिजरीको शुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत (स्वर्ग) पुर्याउन गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी कर्रवला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको बताए ।

संरक्षण समितिका अध्यक्ष हल्वाईले भने इराकको राजधानी कर्रवलालाई सम्झीदै ८ औँ दिनमा बाँकेका ३ जना पत्रकार र एक जना सुरक्षाकर्मीलाई सम्मान गरिएको बताए । उनले शान्तिपूर्ण र व्यवस्थित तरिकाले मोहर्रम पर्व मनाउन सबै संग आग्रह गरेका थिए ।

सम्मान कार्यक्रममा संविधान सभासदस्य अब्दुल हमिद सिद्धिकी, पूर्व लुम्बिनी प्रदेश सभा सदस्य याकुब अन्सारी, वडा नं. ५ का वडा अध्यक्ष सराफत खान, पूर्व वडा नं. ४ का वडा अध्यक्ष मोहम्मद शफिक बेहना, मौलाना मन्सुर आरफी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार
ताजा समाचार