२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

बाँकेकी अन्सारी आयोगको सदस्यमा मनोनित



नेपालगञ्ज : जनता सनाजवादी पार्टीकी केन्द्रिय सदस्य बेबि तबस्सुम अन्सारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय नेपाल राष्ट्रिय आयोग सिंहदरवार, काठमाडौंले युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सदस्यमा मनोनयन गरेको छ ।

अन्सारीलाई युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको विधान, २०३१ (संशोधन सहित) को परिच्छेद २ को दफा ३ उपदफा (२) र (३) बमोजिम आयोगको सदस्यमा अषाढ ८ गतेको माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको अध्यक्षज्यूको निर्णयबाट तपाईलाई ४ (चार) बर्षका लागि मनोनयन गरिएको व्यहोरा उक्त पत्रमा उल्लेख छ ।

मन्त्रालयले अन्सारीको अनुभव, योग्यता र विशेषज्ञताले यस आयोगले प्राज्ञिक सहयोग प्राप्त गर्नेछ भन्ने आशा एवं विश्वास लिइएको पत्रमा उल्लेख छ । युनेस्को आयोगको सदस्यमा मनोनयन गर्दै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमबार
ताजा समाचार