पुष्पलाल स्मृति दिवसमा एमाले जानकीले गर्यो वृक्षारोपण

सदरलाइन संवाददाता ७ श्रावण २०८०, आईतवार १३:२१
 

नेपालगञ्ज : ४५औं पुष्पलाल स्मृति दिवसका अवसरमा आइतवार बाँकेको जानकी गाउँपालिकामा बृक्षारोपण गरिएको छ ।

नेकपा एमाले जानकी गाउँपालिका कमिटीको आयोजनामा जानकी– १ स्थित समैमाता मन्दिर परिसर साईगाउँ शिवपुरीमा आइतवार बिहान वृक्षारोपण गरिएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा बोल्दै नेता मिश्रले पुष्पलालका विचारलाई आत्मसाथ गर्नुपर्ने बताए । नेता मिश्रले पार्टीलाई सशक्त गराउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताए ।


त्यस्तै एमालेका नेताहरुले पुष्पलालका विचार एमालेको सम्पत्ति भएको भन्दै यसको संरक्षण र संबर्द्धन जरुरी रहेको बताएका थिए । उनीहरुले पुष्पलालले देखाएको बाटोमा दृढ भएर हिंड्ने संकल्प एमालेले गर्नुपर्ने बताए ।

एमाले जानकी गाउँपालिका कमिटीका अध्यक्ष खिम प्रकाश बिष्टको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य पदम धिताल, एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसी, एमाले जानकी इन्चार्ज किशोर थापा लगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घाँसको विकल्प खोज्न सामुदायिक वनमा बृक्षारोपण

७ श्रावण २०८०, आईतवार १३:२१
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रका बासिन्दाहरु पशु चौपायालाई चाहिने घाँसको लागि बृक्षारोपण गरेका छन् । वनक्षेत्रमा घाँस काट्न जाँदा बढ्दो मानवीय गतिविधिले वन्यजन्तुलाई असर पर्ने भन्दै समुदायिक वनको खाली जमिनमा स्थानीयले घाँस प्रजातीका विरुवा रोपेका हुन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा पर्ने बसेरी मध्यवर्ती सामुदायिक […]