२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

छुट्टाछुट्टै घटनामा परेर बाँकेमा दुईजनाको मृत्यु



कोहलपुर (बाँके) : छुट्टाछुट्टै घटनामा परेर बाँकेमा २ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिकाको बिभिन्न स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।

कोहलपुर–११ मा भएको बाईक दुर्घटनाबाट नेपालगञ्ज १८ का सुभास राई र कोहलपुर ४ बेलनपुरमा सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर २३ वर्षीया तारा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिवार साँझ कोहलपुर–११ पिपलचौतरामा बाईक दुर्घटनामा परेका अन्दाजी ३० वर्षीय राईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । रत्न राजमार्गमा भे७प ७११६ नम्बरको बाईक चलाई रहेका राई अनियन्त्रित भएपछि बाईक दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैगरि कोहलपुर–४ बेडनपुरमा रोपाई सकेर नुहाउने क्रममा शनिबार बैजनाथ–३ की बस्नेतको मृत्यु भएको छ ।

उनीसहित तीन जना सिक्टाको नहरमा नुहाउन गएका थिए । अन्य दुई जना भने सकुशल छन् ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतबार
ताजा समाचार