२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

कोहलपुरमा एक पूर्व प्रहरी मृत भेटिए



कोहलपुर (बाँके) : कोहलपुरमा एक जना पूर्व नेपाल प्रहरी मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजी ६०–६५ वर्षका पुरूष सोमबार साँझ कोहलपुर बसपार्क नजिकै सडक छेउँमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

कोहलपुर प्रहरीका अनुसार मृतक कोहलपुर किरण नालाका बीर बहादुर बुढा रहेको प्रहरीलाई स्थानीयहरुले बताएका छन् ।

बुढा पूर्व नेपाल प्रहरी रहेकोले सोमबार पेन्सन बुझ्न कोहलपुर आएर फर्किदै गर्दा साँझ साढे ५ बजे मृत फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाएको जनाएको छ ।

प्रहरीले घटना बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार
ताजा समाचार