नेपालगञ्ज : बर्दियामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।
मधुवन नगरपालिका वडा नम्बर ८ टिसियन फाँटामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् ।
उनीहरुलाई गएराति नै उपचारका लागि नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।