२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ५ जना घाइते



धनगढी : सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह सवार डडेल्धुराबाट बझाङ चैनपुर आउँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि मन्त्री सिंहसहित ५ जना घाइते भएका छन् । दुर्घटनामा परि मन्त्री सिहंकी श्रीमती अम्रिता देवी सिंह, चालक धर्मराज जोशी, सुरक्षा गार्ड डम्बर भण्डारी र मन्त्री सिंहकी आफन्त जानकी देवी सिंह घाईते भएका छन् ।

मन्त्री सिंह बेहोस छन् भने उनकी श्रीमतीको कानबाट रगत बगीरहेको प्रहरीले बताएको छ ।

घाईतेहरुको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाइते ४ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० असार ५ गते मंगलबार
ताजा समाचार