२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

राप्तिसोनारीमा आगलागी हुँदा ढाई लाखको क्षति



नेपालगञ्ज : बाँकेको राप्तिसोनारीमा आगलागी भएको छ । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ गोडियानपुर बस्ने शन्तोष परियारको १ तले २ कोठे काठले बनेको जलि खरले छाएको कच्चि घर, गोठमा आगलागी भएको हो । आगलागी सोमवार राती करिब १ः४० बजे भएको थियो ।

उक्त आगलागी बाट घर भित्रका सम्पुर्ण मालसामान र ६ जिउ बाख्रा जलि मृत्यु भएको छ भने मानविय क्षति नभएको प्रहरी सहायक निरीक्षक फत्ते बहादुरले जानकारी दिए । उनले भने करिब अन्दाजी २ लाख पचास हजार बराबरको क्षति भएको छ ।

प्रहरी र स्थानियको सहयोगमा उक्त आगलागी २ः१५ बजेको समयमा पुर्णरुपमा नियन्त्रणमा आएको सहायक निरीक्षक बहादुरले बताए ।

प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार
ताजा समाचार