बाँकेमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास सम्पन्न

सदरलाइन संवाददाता २१ जेष्ठ २०८०, आईतवार १३:५९
 

नेपालगञ्ज : जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजना तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, र अन्य सरोकारवालाहरुको सहकार्य र सहभागितामा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास आईतवार सम्पन्न गरिएको छ ।

राप्ती नदीको सिधनिया घाट राप्ती पुलमा गरिएको कृत्रिम घटना अभ्यासमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस तथा समुदायका व्यक्तिहरु पनि खटिएका थिए ।

वर्षेनी हुने वाढी र त्यसले पार्ने क्षति न्यूनिकरण गर्ने, सवै सरोकावालाविचको समन्वय प्रभावकारी वनाउने उदेश्यले कृत्रिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । उनले कृत्रिम घटनाले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए ।


बाँकेका अधिकांश क्षेत्र उच्च जोखिममा रहेकाले सावधानी अपनाउनुपर्ने वज्रदल गणका प्रमुख श्याम आत्रय पौडेलले बताए । डुडुवा गाँउपालिकाका उपाध्यक्ष सायदा वानोले कृत्रिम घटना अभ्यासले उद्दार तथा व्यवस्थापनमा राम्रो सिकाई हुने बताइन् ।

कृत्रिम घटना अभ्यास कार्यक्रममा विभिन्न पालिकाका प्रतिनिधी र अन्य सरोकारवाला निकाय समेत करिव ३ सयको उपस्थिति थियो । कृत्रिम घटना अभ्यास कार्यक्रममा वि ग्रुप, एसडिएफ, कारिटास नेपाल लगायतको सहयोग प्राप्त थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज, जानकी र कोहलपुरका बिद्यालय बन्द

२१ जेष्ठ २०८०, आईतवार १३:५९
नेपालगञ्ज : अत्यधिक गर्मी बढेपछि आइतवारदेखि नेपालगञ्जका बिद्यालय बन्द भएका छन् । दिउँसोको तापक्रम ४० डिग्री माथि पुगेपछि विशेषतः बालबालिकाहरु बढी प्रभावित भएका छन् । बिद्यालयमै बालबालिकाहरु बिरामी पर्न थालेका छन् । वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्तो समस्या देखिन थालेको शिक्षकहरु बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त […]