नेपालगञ्जका अस्पतालमा रगत अभाव

सदरलाइन संवाददाता १३ जेष्ठ २०८०, शनिबार १४:१४
 

नेपालगञ्ज : बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगत अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक रगत आवश्यक पर्न थालेपछि अस्पतालमा रक्त अभाव भएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले नेपालगञ्जमा पछिल्लो समय रगत अभाव भएको बताए । ‘पछिल्लो समयमा नेपालगञ्जका अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ, जसले गर्दा अस्पतालका बिरामीलाई दैनिक रुपमा चाहिने रगत उपलब्ध गराउन हामीलाई निकै कठिनाइ भइरहेको छ । केन्द्रमा रगतको मात्रा अभाव हुन नदिन सामाजिक संघ–संस्था वा संगठनले गर्ने रक्तदान कार्यक्रमको भर पर्नु परेको छ’, रेग्मीले भने ।


नेपालगञ्जमा अचेल रक्तदानसम्बन्धी कार्यक्रम कम मात्रामा हुने गरेकाले पनि रगत अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीको भनाइ छ । रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन नदिन र रगत आवश्यक भएका बिरामीलाई उपलब्ध गराएर जीवनदान गर्न उनले सामाजिक संघ–संस्था वा संगठनलाई रक्तदान कार्यक्रम गर्न आग्रहा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जको वार्षिकोत्सव

१३ जेष्ठ २०८०, शनिबार १४:१४
नेपालगञ्ज : ”जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र सम्मृद्विको आधार” भन्ने मुल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगले २३ औं वार्षिकोत्सव मनाएको छ । नेपालगञ्जको स्वस्तिक कटेजमा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थितमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै न्यायाधीश भानुभक्त शर्मा […]

सम्बन्धित