बसपार्क निर्माणको प्रक्रिया शुरु

सदरलाइन संवाददाता १२ जेष्ठ २०८०, शुक्रबार १३:०७
 

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–३, कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया शुरु भएको छ । उपमहानगरपालिकाको समन्वयमा नगर विकास कोषले बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।

सो स्थानमा बसपार्क निर्माणका लागि स्थलगत सर्भेसमेत गरिएको छ । बसपार्कको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेको काम भएको वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बताए ।


“बगरका रूपमा रहेको ऐलानी जग्गामा बसपार्क निर्माणको प्रस्ताव गरिएको हो,” उनले भने, “प्रस्तावित बसपार्क निर्माणको प्रक्रिया अगाडि बढेको छ ।” अध्यक्ष ऐरका अनुसार १६ हेक्टर क्षेत्रफलमा सुविधासम्पन्न बसपार्क निर्माणको प्रस्ताव गरिएको छ । सो जग्गाको भोगाधिकार प्राप्तिका लागि कानुनी प्रव्रिmया अगाडि बढाइएको छ । राष्ट्रिय वन क्षेत्रको नाङ्गो जग्गा रहेका कारण त्यसको भोगाधिकार आवश्यक परेको जनाइएको छ ।

सोही स्थानमा वडा प्रहरी कार्यालय निर्माणको प्रस्ताव पनि गरिएको छ । अर्कोतिर खेलमैदानका लागि पनि जग्गा छुट्याइएको छ । खेल मैदान घेराबारका लागि प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले १० लाख रुपैयाँ बराबरको कार्यक्रम प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवाह गर्दा रगत जाँच गर्नुपर्ने बाध्यता

१२ जेष्ठ २०८०, शुक्रबार १३:०७
नेपालगञ्ज : सामान्यतया विवाह गर्दा चिना हेर्ने चलन छ । तर थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने बाध्यता छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी बाहकहरु पत्ता लगाएर वाहक–वाहकबीच र वाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर समुदायले स्विकार्न जरुरी रहेको भेरी अस्पतालका […]