हरित सीप तथा हरित रोजगारी सम्बन्धि अभिमुखीकरण

सदरलाइन संवाददाता १२ जेष्ठ २०८०, शुक्रबार १२:४८
 

नेपालगञ्ज : नेपालगञ्जमा आज हरित सीप तथा हरित रोजगारी सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ)दको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा स्थानीय निकायका पदाधिकारीहरुका लागि हरित सीप तथा हरित रोजगारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

जलबायु परितर्वनको बढ्दो असरलाई मध्यनजर गरी पर्यावरणको गुणस्तर संरक्षणका लागि हरित सीप तथा हरित रोजगारी प्रबद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठले बताए । संस्थाका अध्यक्ष चम्पसिंह थापा मगरको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रस्तुति, छलफल र समूह कार्य गरिएको थियो ।

नगर कार्यपालिकाका सदस्यहरु, विभिन्न शाखाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा वातावरण इन्जिनियर दिपेन्द्र उप्रेतिले हरित सीपको परिभाषा, सिद्धान्त र प्रकारसंगै नेपालमा जलवायु परिवर्तन र वातावरणीय असर, विद्यमान ऐन, नीति, नियम, निर्देशिका र समाधानका उपायका बारेमा प्रस्तुतिकरण गरेका थिए ।


यस्तै नेपालगञ्ज उपमहानगरपालिका वातावरण शाखाका प्रमुख प्रकाश डिसीले पालिकाले अहिलेसम्म गरेका राम्रा अभ्यास, चुनौति र अवसर तथा विज्ञ नारायण सिग्देलले नेपालमा वातावरण तथा जलबायु परिवर्तनलाई अनुकूलता कायम गर्ने उपाय तथा सम्भावनाहरुका विषयमा उत्प्रेरणात्मक प्रस्तुतिकरण गरेका थिए ।

त्यसक्रममा स्थानीय तहको प्रतिबद्धता, कार्य योजना निर्माण, के गर्ने, कहाँ गर्ने, कसले गर्ने, कहिले गर्ने, कसरी गर्ने र बजेटका सम्बन्धमा समूहगत छलफल गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण तथा विपत समिति संयोजक समिरप्रताप सिंहले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल लगायत वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट चामल नपुगेपछि कालीकोटमा खाद्यान्न अभाव

१२ जेष्ठ २०८०, शुक्रबार १२:४८
नेपालगञ्ज : कालीकोट जिल्लामा खाद्यान्न अभाव हुने भएको छ । सरकारले दिँदै आएको चामल अभाव हुँदा अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको छ । सरकारको फितलो तयारी र व्यवस्थाका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी […]